Section 14
अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी, निलम्वन वा रद्द गर्न सकिने

दफा १३ को उपदफा (२) बमोजिम निरीक्षकले पेश गरेको प्रतिवेदनबाट कुनै उत्पादक, वितरक, स्वास्थ्य हेरचाह गर्ने
निकाय वा स्वास्थ्य कार्यकताले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम पालन नगरेको देखिएमा समितिको सिफारिसमा मन्त्रालयले तिनीहरुले आफ्नो कारोबार वा व्यवसाय गर्न नेपाल सरकार वा अन्य कुनै निकायबाट पाएको अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी, निलम्बन वा रद्द गर्न सम्बन्धित निकायलाई लेखी पठाउन सक्नेछ ।